२१ आश्विन २०८१, सोमबार

संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैनः प्रदीप ज्ञवाली

प्रकाशित मिति :  21 November, 2023 4:30 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा आफ्नो पार्टीको कुनै पनि राजनीतिक स्वार्थ नरहेको बताएका छन् ।

उपमहासचिव ज्ञवालीले पीडितलाई न्याय दिने गरी सो मुद्दा टुंगोमा पु-याउनुपर्ने पनि स्पष्ट पारे । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेले पीडितलाई न्याय दिने गरी सो मुद्दा छिटो भन्दा छिटो टुंगोमा पु(याउनु चाहेको बताए । उपमहासचिव ज्ञवालीले मानव अधिकारसम्बन्धी नेपालले जनाएको अन्तर्राष्ट्रिय प्रतिवद्धता, पीडितको सहमती र सर्वोच्च अदालतको आदेशको आधारमा सो मुद्दालाई टुंगो लगाउने काममा ढिलाइ गर्न नहुने पनि दोहो(याए ।

“मृत्यु भएकाहरूका परिवारलाई संक्रमणकालीन न्याय चाहिएको हो । त्यसकारण उहाँहरूको पीडालाई ध्यानमा राखेर यो विषयलाई टुंग्याउनु जरुरी छ । यसमा हामी एकदमै लागि रहेका छौं । हाम्रो पार्टीको पूर्ण प्रतिवद्धता छ । यो विषयमा नेकपा एमालेको कुनै राजनीतिक स्वार्थ पनि छैन”, उनले भने, ‘संक्रमणकालीन न्याय टुंगियोस्, तपाईहरुको आँखामा रहेको आँशु पुछियोस् । तपाईहरुमा थोरै भएपनि सन्तुष्टिको मुस्कान आउनु सकोस्, हामीलाई त्यही चाहिएको हो । हामीलाई प्रधानमन्त्री चाहिएन । तर न्याय चाहियो पीडितलाई । नेकपा एमालेको धारणा यही छ ।”

उपमहासचिव ज्ञवालीले संक्रमणकालीन न्यायलाई टुंगोमा पु(याउँदा दण्डहीनता पनि हुन नहुने र फेरि मुलुकमा द्वन्द्व दोहोरिन नहुने कुराको पनि प्रत्याभुति हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !