२१ आश्विन २०८१, सोमबार

राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छ : सांसद शर्मा

प्रकाशित मिति :  21 November, 2023 4:34 pm


काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा। सुनिल शर्माले राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।

मंगलबार विदेश भ्रमण गरी स्वदेश फर्किएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताए । उनले दूरदराजमा भएका भुईँ मान्छेहरुका आवाज, गरिवका आवाज उठाउन नदिएको बताए । उनले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारका सदस्यहरूले गरेको आरोप लगाए ।

सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रूपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !