२१ आश्विन २०८१, सोमबार

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा हिउँदे अधिवेशनमा पारित गर्नुपर्छ : कानूनमन्त्री गुरुङ

प्रकाशित मिति :  21 November, 2023 4:35 pm


काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनमा पारित गर्ने बताएका छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र सम्पत्ति शुद्धिकरणसम्बन्धि विधेयक अति आवश्यक भएकाले अब सुरु हुने संसद्को हिउँदे अधिवेशनमा त्यसलाई टुंगो लगाउनुपर्ने उनको भनाई थियो ।

मंगलबार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गुरुङले १७\१८ वर्षदेखि थाती रहेको संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिटो पारित हुनुपर्छ भन्नेमा सरकारलाई सबैले साथ दिनुपर्ने बताए ।

मन्त्री गुरुङले सरकारले संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन ल्याउने काममा पनि ढिलाइ नगर्ने आश्वासन दिए ।



प्रतिक्रिया दिनुहोस !