२१ आश्विन २०८१, सोमबार

स्याङ्जाबाट लागु औषधसहित एक जना पक्राउ

प्रकाशित मिति :  21 November, 2023 5:50 pm


काठमाडौँ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ बाट अवैध लागु औषधसहित एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिका वडा नम्बर १ रैत बस्ने बिर बहादुर क्षेत्रीको छोरा २८ वर्षीय दिल बहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

आफ्नै घरमा लागु औषध लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा खोजतलास गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।

प्रहरीले घरमा लुकाई छिपाई राखेको २ एम एल झोलसहितको फेनिग्रेन समेत लेखेको ४२ एम्पुल, आइपिपिएल समेत लेखेको ३८ एम्पुल, डाइजिपाम समेत लेखेको २९ एम्पुल गरी जम्मा १०९ एम्पुल लागु औषध फेला परको बताएको छ ।

लागु औषध मुद्धा दर्ता गरी मंगलबार स्याङ्जा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहको प्रहरीले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !