२१ आश्विन २०८१, सोमबार

असुरक्षित नेटवर्ककाे प्रयोग नगर्न सञ्चार मन्त्रालयको अनुरोध

प्रकाशित मिति :  21 November, 2023 6:36 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले असुरक्षित नेटवर्क प्रयोग गरेर टिकटक नचलाउन सञ्चार मन्त्रालयको अनुरोध गरेको छ।

आज (मंगलबार) विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले सरकारले टिकटक बन्द गरे पनि फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, ब्याकमेलमा परिने र जोखिम बढ्ने नेटवर्क प्रयोग नगर्न अनुरोध गरेको हो।

‘‘सामाजिक सद्भाव र नागरिक सुरक्षालाई ध्यानमा राखेर इन्टरनेट सेवा प्रदायकले डीएनएस र आईपी एड्रेसमार्फत् टिकटकको वेवसाइट बन्द गरे पनि कतिपय प्रयोगकर्ताले फ्रि भिपिएन र ओपन डीएनएसको प्रयोग गर्दा व्यक्तिगत डेटा चोरी हुने, मालवेयर क्रियाकलाप बढ्ने, गोपनीयता सुरक्षित नहुने, इमेल अकाउन्ट ह्याक हुने, इन्टरनेट स्पिड घट्न जाने, बैंक खाताबाट पैसा चोरी हुने, कसैको ब्ल्याकमेलमा परिने जस्ता जोखिम बढ्ने भएकाले यस्ता नेटवर्क प्रयोग नगर्न सबैमा हार्दिक अनुरोध गरिन्छ ’’विज्ञप्तिमा भनिएको छ, ।

सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै नेपालमा टिकटकको प्रयोगमा तत्काल रोक लगाउने र यससम्बन्धी व्यवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मिलाउने मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले नेपाल दूरसञ्चार प्राधिकरणमार्फत टिकटक बन्द गराउन निर्देशन दिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !