२१ आश्विन २०८१, सोमबार

मोटरसाइकल चोरीमा संलग्न २ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  21 November, 2023 6:42 pm


काठमाडौँ । मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई मंगलबार काठमाडौँ महानगरपालिका वडा नम्बर २२ स्थित गणबहालबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

चितवनको ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको न्युरोड बस्दै आएका २३ वर्षीय टेक बहादुर मगर र सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर २ घर भई काठमाडौँकै शंकटा बस्ने २२ वर्षीय रोहित तामाङलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

बागमती प्रदेश ०२-०३१ प ३९ २९ नम्बरको मोटरसाइकल काठमाडौँ महानगरपालिका वडा नम्बर १६ म्हेपी स्थित पार्किङबाट गत कार्तिक २४ गते हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन प्राप्‍त भएको थियो ।

वास्तविक नम्बर परिवर्तन गरि बागमती प्रदेश ०२-०३१ प ९२ नम्बर राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पिडित सहायता ‍ईकाइबाट खटिएको टोलीले मोटरसाइकल सहित फेला पारी चोरीमा संलग्न २ जनालाई गणबहालबाट आज दिउँसो नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त लैनचौर पठाइएको छ ।



प्रतिक्रिया दिनुहोस !