२१ आश्विन २०८१, सोमबार

ऋण नतिर्नेहरूलाई राज्यले छोड्दैन : मन्त्री महत

प्रकाशित मिति :  21 November, 2023 9:37 pm


काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकबाट ऋण लिएर ऋण नतिर्नेहरूलाई राज्यले नछोड्ने बताएका छन् ।

मंगलबार अर्थतन्त्रका वर्तमान समस्या र समाधानबारे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरकार, राजनीतिक दल, निजी क्षेत्र र सरोकारवालाहरूसँगको छलफलपछि उनले यस्तो बताएका हुन् ।

मन्त्री महतले ऋण लिएर ऋण नतिर्नेहरूको सुनुवाइ राज्यबाट नहुने बताए । उनले अफ्ठ्यारोमा परेकाहरूलाई भने सरकारले केही समय उपलब्ध गराउने बताए ।

मन्त्री महतले राज्यको साधनश्रोतले भ्याएसम्म जनताको पिर मर्कामा सरकार प्रतिबद्ध रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !