२१ आश्विन २०८१, सोमबार

पोखराको एक होटलमा महिला मृत फेला, पाँच जना प्रकाउ

प्रकाशित मिति :  22 November, 2023 1:57 pm


काठमाडौँ । पोखराको एक होटेलमा महिला मृत भेटिएकी छन् । तनहुँकी सुकु विक गएराति होटेल युनिकमा मृत भेटिएकी हुन् ।

सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी थिइन् तर उनी काम गर्ने भन्दा फरक होटेलमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मृत अवस्थामा सञ्चालकले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले मृतकको शव हेर्दा शंकास्पद देखिएको बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको थापाले जानकारी दिए । होटेलमा महिला मृत भेटिएपछि कास्की प्रहरीले पाँचजनालाई पक्राउ गरेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !