२१ आश्विन २०८१, सोमबार

युवा संघले भन्याे : केही अराजक घुसपैठी समूहले सङ्गठनको नाम बदनाम गराइरहेका छन्

प्रकाशित मिति :  22 November, 2023 2:40 pm


काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय युवासंघ नेपालले मङ्सिर ७ गते आयोजना गरिएको युवा– विद्यार्थीको कार्यक्रमलाई बिथोल्ने मनसायका साथ केही अराजक घुस पैठी समूहले सङ्गठनको नाम बदनाम गराइरहेको जनाएको छ ।

संघका अध्यक्ष क्षितिज थेबेले आज (बुधवार) एक विज्ञप्ति जारी गर्दै जनजीविकाका मुद्दाहरूमा सधैँ अग्रपङ्क्तिमा रहेर युवाहरूको आवाज बुलन्द पार्ने नेपाली युवाहरूको सर्वाधिक लोकप्रिय तथा नेतृत्वदायी सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाललाई बदनाम बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा विभिन्न भिडियोहरू फैलाइएको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपाल संविधान र विधिको शासनलाई पूर्णतः स्वीकार गर्दै जनताको बहुदलीय जनवादको मार्गदर्शनमा लोकतान्त्रिक मूल्य, मान्यता र आचरणसहित आफ्ना गतिविधि सञ्चालन गरिरहेको उनले उल्लेख गरेका छन् ।

मंगलबार राति दुर्गा प्रसाईँ समर्थक महिलाहरूलाई भक्तपुरको एक पार्टी प्यालेसमा सुतिरहेका बेला युवासंघका कार्यकर्ता बताउने एक समूहले लखेटेको भिडियो सार्वजनिक भएको थियो ।



प्रतिक्रिया दिनुहोस !