२१ आश्विन २०८१, सोमबार

चीनको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्छ : अध्यक्ष तिमिल्सिना

प्रकाशित मिति :  22 November, 2023 3:37 pm


काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए ।

उनले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए । उनले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए ।

अध्यक्ष तिमिल्सिनाले बिआरआईको कार्यान्वयनमा कमी कमजोरी देखिए सच्याउँदै अघि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !