२१ आश्विन २०८१, सोमबार

प्राप्त उपलब्धि रक्षाका लागि एक हुन प्रधानमन्त्रीको आग्रह

प्रकाशित मिति :  22 November, 2023 4:37 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्राप्त उपलब्धि रक्षाका लागि सबै एक हुन आग्रह गरेका छन् । बुधबार शंखधर दिवसको अवसरमा काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो समय लोकतन्त्रपछिका उपलब्धिलाई कमजोर बनाउँदै जाने क्रम बढेको भन्दै सबैले एक ठाउँमा उभिएर उपलब्धिको रक्षामा लाग्नुपर्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले आन्दोलन सफल भएपछि प्राप्त उपलब्धिको रक्षा गर्न बिर्सिने परिपाटी विकास भएको भन्दै त्यसलाई रोक्न आवश्यक रहेको बताए ।

उनले व्यवसायी दुर्गा प्रसाईंप्रति लक्षित गर्दै दुःसाहस, दिवा स्वप्ना र ठूलो विभ्रम फैल्याउने कसरतमा लागेको भएपनि सफल हुन नसक्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले जनताका हक अधिकारको लागि अझै अघि बढेर लड्नुपर्ने आवश्यकता रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !