२१ आश्विन २०८१, सोमबार

अपर बलेफी हाइड्रोपावर र नेपाल विद्युत् प्राधिकरणबिच पीपीए

प्रकाशित मिति :  22 November, 2023 5:48 pm


काठमाडौँ । अपर बलेफी हाइड्रोपावर लिमिटेड र नेपाल विद्युत् प्राधिकरणबिच विद्युत् खरिद सम्झौता (पीपीए) सम्पन्न भएको छ ।

हिजो (मंगलबार) एक समारोहकाबिच नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र अपर बलेफी हाइड्रोपावर लिमिटेडका अध्यक्ष उमेश कसजुले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सो अवसरमा गोल्याण ग्रुपको ऊर्जा विभागका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्याल तथा गोल्यान ग्रुपका प्रमुख वित्तिय अधिकृत संजय कुमार साहको उपस्थिति रहेको थियो ।

यस परियोजना सिन्धुपाल्चोक जिल्लामा अवस्थित रहेको छ ।



प्रतिक्रिया दिनुहोस !