२१ आश्विन २०८१, सोमबार

‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत स्याङ्जाकाे कालिका माविले गर्‍यो व्यवसायिक आलु खेती

प्रकाशित मिति :  23 November, 2023 12:03 pm


काठमाडौँ । विद्यार्थीलाई ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका स्थित कालिका माध्यमिक विद्यालय झापाकोटले व्यवसायिक आलु खेती अभियान सुरू गरेको छ।

सात रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएर व्यवसायिक आलु खेती गर्न सुरू गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिनप्रसाद कोइरालाले जानकारी दिए।

विद्यार्थीलाई उत्पादनसँग जोडेर प्रयोगात्मक कार्यका लागि उक्त जमिनको प्रयोग गरेकाे कोइरालाले बताए। उनले विद्यार्थी र शिक्षकलाई विद्यालयमा संचालित अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तर्गत उत्पादन कार्य सञ्चालन गर्न लागेको र यसले विद्यालयलाई आर्थिक लाभ हुनुका साथै विद्यार्थी अभिभावक तथा सरोकारवाला सबैलाई फाइदा हुने बताए।

काेइरालाले कार्यक्रमलाई निरन्तरता दिदैँ आगामी दिनमा राम्रो नर्सरी स्थापना गरी मौसमी तथा बेमौसमी तरकारी खेतीका लागि विरुवा उत्पादन गर्ने लक्ष्य राखेको बताए । उनले यसअघि पनि विद्यार्थी र शिक्षकलाई सुन कागतीका विरुवा वितरण गरेका थिए।



प्रतिक्रिया दिनुहोस !