२१ आश्विन २०८१, सोमबार

मन्त्रिपरिषद् बैठक : सुन तस्करी जाँचबुझ आयोगमा चार जना जनशक्ति थप्ने निर्णय

प्रकाशित मिति :  23 November, 2023 12:19 pm


काठमाडौँ । सरकारले सुन तस्करी जाँचबुझ आयोगमा चार जना जनशक्ति थप्ने निर्णय गरेको छ।

आज (विहिवार) बिहान बसेको मन्त्रिरिपरिषद् बैठकले राजपत्र अनंकित द्वितीय श्रेणी, सरकारी वकिल, राजपत्र अनंकित द्वितीय श्रेणी उपसचिव (राजश्व) , प्रहरी नायब उपरीक्षक र राजपत्र अनंकित तिृतीय डाटा एनाइलाइटिस्ट थप गर्ने निर्णय गरेको हो।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू:
१ ) विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।
२) प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिव ६५ करोड) अनुदान स्वीकृत गर्ने ।
३) सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा.प. द्धितीय श्रेणी, सरकारी वकिल, रा.प. द्धितीय श्रेणी उपसचिव (राजश्व) , प्रहरी नायव उपरीक्षक र र.प. तृतीय डाटा एनाइलाइटिस्ट ।

४) नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०\०७\२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने ।
५) उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।



प्रतिक्रिया दिनुहोस !