२१ आश्विन २०८१, सोमबार

उच्च पहाड र हिमालमा हिमपात हुन सक्ने

प्रकाशित मिति :  25 November, 2023 7:56 am


काठमाडाैँ। आगामी २४ घण्टामा देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्मानु विभागले जनाएकाे छ।

देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुराेध गरेकाे छ ।

विभागका अनुसार शनिवार सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना देखिएकाे छ।

शनिवार राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागकाे माैसम पूर्मानुमान बुटेटिनमा उल्लेखछ।



प्रतिक्रिया दिनुहोस !