२१ आश्विन २०८१, सोमबार

मन्त्री र सांसद पदका लागि मात्रै पार्टी एकता हुँदैन : विप्लव

प्रकाशित मिति :  25 November, 2023 7:59 am


रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द(विप्लव)ले प्रतिगमनको षड्यन्त्र भए अर्को जनयुद्ध हुने चेतावनी दिएका छन् ।

शुक्रबार रोल्पाको थबाङमा आयोजित १० औं पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै महासचिव विप्लवले राजतन्त्र सहितका कतिपय षड्यन्त्रकारी शक्तिहरूले अनावश्यक चलखेल गरे अर्को जनयुद्ध लड्ने चेतावनी दिएका हुन ।

महासचिव विप्लवले चुनबाङ बैठकको मर्म प्रचण्ड लगायतका नेताहरू नबुझेको समेत बताए । विप्लवले भने,“चुनबाङ बैठक पछि काठमाडौ उत्रेका हौं तर परिस्थिति उल्टो बन्यो ।

कतिपय नेताहरू धन कमाउने र सम्पत्ति जोड्ने होडमा लागे जनतालाई घात गरियो । विप्लवले कसैलाई मन्त्री र सांसद बनाउन मात्रै जनयुद्ध नलडेको बताए ।

विप्लवले जनयुद्धमा सञ्चालन भएको जनवादी सत्ता काठमाडौंमा पनि स्थापित गर्ने उद्देश्य सहित अगाडि बढ्दा कतिपय नेताहरूको बदमासीले जनयुद्धको उपलब्धी गुमेको तर्क थियोे ।

ईमानदार माओवादीहरूले जनता,सहिद र घाइते बिर्सनु हुदैन भन्ने हाम्रो जोड थियोे तर कतिपयले मन्त्री,सांसद र सम्पत्ति थुपारेपछी जनता भुलेको दाबी गरेका छन् ।

विप्लवले भने,“हामी ज्युदैं छौं भन्न रोल्पा आएका हौँ । कतिपयले माओवादी जनयुद्धलाई अपराधीकरण गराउने खोजेको भन्दै यसको कडा प्रतिवाद गर्ने चेतावनी समेत दिएका छन् ।”

पछिल्लो समय देशमा केही लुटेरा सल्बलाएको भन्दै विप्लवले भने,“यो एकैछिनको नाटक हो । यो षड्यन्त्रको जमेर प्रतिवाद गरिन्छ । जनयुद्धको रक्षा गर्ने पार्टी ज्यूदैछ् छ, षड्यन्त्रका सपना नदेखे हुन्छ ।”

विप्लव मन्त्री र सांसद पदका लागि मात्रै पार्टी एकता नहुने समेत बताएका छन् । पछिल्लो समय नेकपा माओवादी घटकबिच एकताको चर्चा चलिरहेका बेला विप्लवको यस्तो धारणा आएको हो ।



प्रतिक्रिया दिनुहोस !