२१ आश्विन २०८१, सोमबार

युद्धविराम सम्झौतापछि घर फर्किंदै गाजावासी

प्रकाशित मिति :  25 November, 2023 2:39 pm


काठमाडौँ । हमास र इजरायलबिचको युद्धबिराम सम्झौतापछि हमासका आम नागरिक हमास फर्किन थालेका छन् । गाजा फर्किएकाहरूलाई खाना, पानी, चिकित्सा सेवा र अन्य आवश्यक मानवीय सामग्रीहरूको सहयोग गरिएको छ ।

रफाह क्रसिङको गाजा पक्षका प्रवक्ताका अनुसार मानवीय सहायता बोकेका १५० ट्रक गाजा प्रवेश गरेका थिए । जसमा चारवटा ट्रक खाना पकाउने ग्यास र तीनवटा इन्धन बोकेका थिए ।

प्यालेस्टाइनी अधिकारीहरूले विस्थापितहरूलाई आफ्नो घर फर्कन आह्वान गरेका छन् । तर इजरायलले उनीहरूलाई युद्धविरामको क्रममा उत्तरतर्फ जान प्रतिवन्ध लगाउने चेतावनी दिएको थियो ।

प्यालेस्टाइनी चिकित्सा र सुरक्षा स्रोतहरूले दुई प्यालेस्टाइनीहरू आफ्नो घर फर्कन प्रयास गर्दा मारिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !