२२ आश्विन २०८१, मंगलबार

वैशाखमा लगानी सम्मेलन गर्ने सरकारको तयारी

प्रकाशित मिति :  26 November, 2023 5:54 pm


काठमाडौँ । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सरकारले अयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो। आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ।

यसका लागि अर्थ मन्त्रालयको संयोजनामा निर्देशन समिति बनेको छ भने थप विभिन्न समिति बनेका छन्। निर्देशन समितिको आइतबार पहिलो बैठक बसेको छ।

लगानी सम्मेलनको तयारी, विगतका कमजोरी सच्याउने र त्यस अनुभवबाट पाठ सिक्ने र सम्मेलनमा सहभागीहरूमा कस्ता प्रस्ताव लैजाने भन्ने विषय बैठकमा छलफल भएको छ।

सम्मेलनामा नेपाली, वैदेशिक लगानीकर्ता र गैरआवासीय लगानीकर्ताहरूको सहभागिता रहनेछ।



प्रतिक्रिया दिनुहोस !