२ माघ २०८१, बुधबार

चितवन पुगेर देउवाले भने : गणतन्त्रको विरोध गर्नुको अर्थ छैन

प्रकाशित मिति :  27 November, 2023 3:02 pm


k|wfgdGqL b]pjf – ;Daf]wg s~rgk’/, % sflQs . k|wfgdGqL z]/axfb’/ b]pjf z’qmaf/ laxfg s~rgk’/sf] eLdbQ gu/kflnsf–!@ df dxfsfnL gbLn] u/]sf] s6fg If]qdf :yfgLonfO{ ;Daf]wg ub}{ . t:jL/ M z]/axfb’/ l;+x, /f;;

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन् । । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले गणतन्त्रको विरोध गर्नुको अर्थ नभएको बताए ।

देउवाले भने “गणतन्त्रको वरोध गर्नुको छैन, बदलिने कुरा छैन, गणतन्त्र बिरोधी गतिविधिबाट राजनीतिक दलहरु अत्तालिएका हुन् रु यो प्रश्नमा उहाँले भन्नुभयो, “को अत्तालियो रु हामी अत्तालिएका छैनौँ ।”

सरकारका नेतृत्वका विषयमा भएको आलोपालोको सहमतिबारे उनले जवाफ दिन चाहेनन्। गठबन्धन दलको सत्ता साझेदारी कसरी हुन्छ रु यस प्रश्नमा उनको जवाफ थियो, “थाहा पाइहाल्नु हुन्छ नी ।”

सो अवसरमा कांग्रेस नेता डा शशांक कोइरालाले राजतन्त्र फर्कने विषयमा आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिए । उनले भने, “राजतन्त्र फर्कनेमा मलाई कमै विश्वास छ । यहाँ हरेक कुराको सम्भावना छ । संसदले चाह्यो भने जे पनि हुनसक्छ ।” सरकारका कामप्रति नागरिक पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा व्यवस्थामाथि नै प्रश्न उठेको उनको भनाई थियो ।

गणतन्त्र बचाउन सबै दल एक ठाउँमा उभिनुपर्नेमा जोड दिँदै उनले भने, “मलाई पनि सरकारको काम त्यति सन्तोषजनक लागेको छैन । मुलुकको उन्नति र प्रगतितर्फ सरकारले ध्यान दिएन ।” सङ्घीयता आवश्यक भए पनि यसको वर्तमान संरचनाप्रति भने प्रश्न उठेको बताए । उनले भने, “जनताका मनमा आएका व्यवस्था परिवर्तनसम्बन्धी आशङ्का हटाउन सबै दल एक ठाउँमा आउनुपर्छ ।”

नारायणगढ–बुटवल सडक खण्डका विषयमा आफूले निर्माण व्यवसायीलाई १२ पटकसम्म भन्दा पनि काम हुन नसकेको तथा यस विषयमा संसदमा कुरा उठाउने उनले बताए ।



प्रतिक्रिया दिनुहोस !