२२ आश्विन २०८१, मंगलबार

प्रतिनिधि सभाका सबै सांसद केन्द्रिय सदस्य हुने रास्वपाको निर्णय

प्रकाशित मिति :  29 November, 2023 3:35 pm


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्य भएका सबैलाई केन्द्रीय सदस्य बनाएको छ ।

सोमबारदेखि महोत्तरीको जलेश्वरमा बसेको बैठकले प्रतिनिधि सभाका सबै सदस्य केन्द्रिय सदस्य हुने निर्णय गरेको हो ।

बैठकले पार्टीका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य हुने प्रस्ताव पनि पारित गरेको छ ।

सांसद भएका तर केन्द्रीय सदस्य नरहेका सबैलाई केन्द्रीय सदस्य बनाउने भनेर केन्द्रीय समिति बैठकमा पेस भएको प्रस्तावमा गएराति सहमति बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

प्रतिनिधि सभामा रास्वपाका ९ महिला र १२ पुरुष गरी २१ जना सांसद छन् । रास्वपाको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था भए पनि हाल ३८ जना मात्र छन् ।



प्रतिक्रिया दिनुहोस !