२२ आश्विन २०८१, मंगलबार

स्याङ्जाबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

प्रकाशित मिति :  29 November, 2023 3:48 pm


काठमाडाैँ । स्याङ्जामा लागुऔषध हिरोइन मुद्धामा संलग्न रही ११ वर्षदेखि फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाकाे फेदीखोला गाउँपालिका वडा नम्बर २ बस्ने ३३ वर्षका विशन गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्र बहादुर रानाले जानकारी दिए ।

लागुऔषध (ब्राउन सुगर) हिरोईन मुद्धामा तत्कालिन जिल्ला अदालत पोखराको २०६९ असार १७ गतेको फैसला अनुसार गुरूङलाई पाँच वर्ष कैद र दश हजार जरिवाना तोकिएको थियो ।

प्रहरीले गोप्य सुचनाको आधारमा लुकिछिपि बसेको अवस्थामा फेदिखोलाबाट मंगलबार पक्राउ गरेको हो । थापालाई आज (बुधबार) स्याङ्जा जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !