२२ आश्विन २०८१, मंगलबार

वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्छौंः सभापति लामिछाने

प्रकाशित मिति :  29 November, 2023 5:21 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताएका छन् ।

बुधवार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरू आएको बताउँदै शासकीय स्वरुपमा केही कमी कमजोरी रहेको बताए ।

शासकीय स्वरुपमा भएका कमी र कमजोरीलाई निर्वाचनबाट मात्रै परिवर्तन गर्न सकिने उनको भनाइ थियो । उनले परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम आफूहरूले काम गर्ने पनि बताए ।

उनले भने, “नीति विचारका बारेमा हामीले दस्ताबेजीकरणको काम गरेका थियौँ । त्यसलाई पास गरेका छौँ । हामी अहिले भएको विद्यमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका दल हौँ । यद्यपी शासकीय स्वरुपमा केही कमी कमजोरी छन् । यो परिवर्तन गर्ने उपाय भनेको निर्वाचन मात्रै हो । हामी वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आएका हौँ । परिवर्तनलाई स्वीकार गरेर नागरिकका दुःखसुखलाई प्राथमिकतामा राखेर काम गर्नेछौँ ।”

सभापति लामिछानेले मधेसलाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टी अघि बढीरहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !