२२ आश्विन २०८१, मंगलबार

इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति :  30 November, 2023 7:15 am


काठमाडौ । सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

इटहरी उपमहानगरपालिका २ शान्तिनगरस्थित तालतलैया क्षेत्रमा बुधबार राति जंगली हात्तीले आक्रमण गर्दा स्थानीय २४ बर्षिय रविन खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

उनी बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणमा परेका हुन्। इटहरीमा केही दिनयता हात्तीको बथान गाँउ पस्न थालेपछि स्थानिय त्रसित बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !