२३ भाद्र २०८१, आइतबार

घटेको पेट्रोल, डिजेल तथा मट्टीतेलको नयाँ मूल्य आजदेखि लागु

प्रकाशित मिति :  1 December, 2023 7:08 am


काठमाडौँ । सरकारले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोलमा लिटरको दुई रूपैयाँ डिजेल तथा मट्टीतेलमा चार रूपैयाँ घटाएको जानकारी दिएको हो। आजदेखि पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ १२ पैसा र डिजेलमा चार रूपैयाँ ०९ पैसा घटेको हो ।

निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि तीन वर्ग विभाजन गरेको छ।पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७० रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ।

भारतीय आयल कर्पोरेसन (आइओसी) ले खाना पकाउने ग्यासमा २१ रूपैयाँ १४ पैसा मूल्य बढाएर पठाएपनि निगमले ग्यासको मूल्य यथावत राखेको छ।निगमले ग्याँसको मूल्य यथावथ राखि १८ सय ९५ रूपैयाँमा बिक्री गर्नेछ।



प्रतिक्रिया दिनुहोस !