२२ आश्विन २०८१, मंगलबार

डडेलधुराबाट देउवालाई ओलीको फोन

प्रकाशित मिति :  1 December, 2023 9:57 am


काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई देउवाकै गृह जिल्लाबाट फोन गरेका छन् । मध्यपहाडी लोकमार्गकेन्द्रित अभियानअन्तर्गत डडेलधुरा पुगेका ओलीले शेरबहादुर देउवालाई फोन गरेका हुन ।

सामाजिक संजाल फेसबुक मार्फत ओलीले देउवाको गृहजिल्लाबाट फोन मार्फत गरेको कुराकानी गरेको पोष्ट गरेका छन् । उनले सचिवालयले गुडविल कलका रुपमा बनाएको भिडियो पोष्ट गर्दै लेखेका छन् ।

‘सुन्दर डडेलधुरा ! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी !’

एमालेले बिहीबारबाट १९ दिने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान थालेको छ । बिहिबार अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा झन्डोत्तोलन गरेर अभियानको सुरुआत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !