२२ आश्विन २०८१, मंगलबार

फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  3 December, 2023 7:24 am


काठमाडौँ । फिलिपिन्सको मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार शनिवार राति १० : ३७ बजे ७ .६म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसको गहिराइ ३२ किलोमिटर रहेको थियो । भूकम्पको धक्का फिलिपिन्स, इन्डोनेसिया र वरपरका मुलुकमा समेत महसुस गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

भूकम्पबाट मानवीय तथा भौतिक क्षतिबारे तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन् । भूकम्पपछि फिलिपिन्स र जापानमा सुनामीको चेतावनी जारी गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !