२२ आश्विन २०८१, मंगलबार

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

प्रकाशित मिति :  3 December, 2023 10:27 am


काठमाडौँ । जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स युएई पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् ।

शनिबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर नेपालजस्तो कम विकसित मुलुकहरूले भोगिरहेको बताएका थिए ।

यूएईको दुबईमा आयोजित जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघको २८ औं सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते दुबई प्रस्थान गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !