२२ आश्विन २०८१, मंगलबार

महाधिवेशनको मिति तय गर्न नेकपा एसले बोलायो सचिवालय बैठक

प्रकाशित मिति :  3 December, 2023 12:36 pm


काठमाडौं । आगामी महाधिवेशनको मिति तय गर्न नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सचिवालय बैठक बोलाएको छ । नेकपा एसले आगामी महाधिवेशनको मिति तय गर्न यहि मंसिर १८ गते सचिवालय बैठक बोलाएको पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसभन्दा अगाडी नै पार्टीले माघ महिनामा महाधिवेशन गर्ने तय गरिसकेको थियो तर राष्ट्रिय सभाको निर्वाचन पनि माघमै हुने भएकोले पार्टीको महाधिवेशनको लागि नयाँ मिति तय गर्न सचिवालय बैठक बोलाइएको खतिवाडाले बताए ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने सचिवालय बैठकमा अन्तरपार्टी निर्देशन नेताहरूको जिम्मेवारी हेरफेर, कार्यविभाजन र विभिन्न कमिटीमा मनोनयनलगायत आन्तरिक विवाद समाधान गर्न छलफल गरिने उनले बताए ।

खतिवडाका अनुसार पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक रणनीति, देशभर सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थितिबारे छलफल गरिने छ ।



प्रतिक्रिया दिनुहोस !