२२ आश्विन २०८१, मंगलबार

सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  3 December, 2023 12:54 pm


जनकपुरधाम । सर्लाहीमा सवारी दुर्घटनामा परि एक जनाको घटनास्थलमै मृत्यु भएको छ । उनको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । उनी करिब ३५ वर्षका पुरुष हुन् ।

सर्लाही प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्रसिंह पञ्जियार थारुका अनुसार शनिबार साँझ करिब ७ बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत बागमती नगरपालिका वडा नं। ४ पुरानो चौकी नजिककै दुर्घटना भएको हो ।

दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा उछिट्टिएर खसेका एक जनाको बसले किच्दा मृत्यु भएको छ ।

प्र२ ०३ ००६ प ६७ नम्बरको र बा२ब ५७६६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलबाट लडेका व्यक्तिलाई मलंगवाबाट काठमाडौं आउँदै गरेको ना७ख १८३६ नम्बरको बसले किचेको थियो ।

मोटरसाइकल चालक भागेकाले मृतकको पहिचान हुन नसकेको डिएसपी पञ्जियारले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । प्रहरीले मोटरसाइकल, बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !