२२ आश्विन २०८१, मंगलबार

भीरकोट खेलमैदानलाई जिल्लाकै ठूलो र व्यवस्थित बनाउँछौं : नगरप्रमुख कर्माचार्य

प्रकाशित मिति :  3 December, 2023 2:26 pm


नारायण प्रसाद कोइराला

काठमाडौँ । स्याङ्जा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोट खेलामैदानलाई जिल्लाकै टूलो र व्यवस्थित खेलमैदानको रूपमा स्तारोन्न्ति र विकास गर्ने बताएका छन् ।

हिजो (शनिबार)देखि शुरू भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई सम्बोधन गर्दै नगर प्रमुख कर्माचार्यले सो कुरा बताएका हुन् ।

नगर प्रमुख कर्माचार्यले विद्यार्थीहरूलाई अनुशासित र मर्यादित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गर्दै लामो समय सम्म घाम र धुलोमा राख्नु परेकोमा क्षमा समेत मागेका थिए।

प्रतियोगितामा भीरकोटमा प्रतियोगिता भैरहेका र सम्भावना भएका फुटबल, क्रिकेट र व्याडमिन्टन खेलहरू रनिङ शिल्ड प्रतियोगितामा समावेश नभएको गुनासोलाई सम्बोधन गर्दै उनले खेलमैदान व्यवस्थित भएपछि फुटबल लगायतका सबै महत्वपूर्ण खेलाहरू खेलाइने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पालिकाले आँधिखोलाको छेउछाउमा रहेका खाली तथा सार्वजनिक जग्गाहरूमा प्रतियोगिता संचालन गर्दै आएकोमा पहिलोपटक आफ्नै खेलमैदानमा रनिङ शिल्ड प्रतियोगिता सुरू गरेको हो।

प्रतियोगिताका खेल संयोजक एवम् नगर प्रवक्ता दिपेन्द्र केसीले प्रतियोगितालाई व्यवस्थित बनाउन नगरपालिका लागिपरेको बताउँदै सरोकारवाला र सहभागी सबैलाई आ-आफ्नो जिम्मेवारी पूरा गर्न अनुरोध गरेका थिए ।

शनिवारबाट सुरू भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गण्डकी प्रदेशका उर्जा , जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्यालले गरेकी हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले प्रतियोगितामा छनोट भएर जिल्ला, प्रदेश र केन्द्रमा पुग्ने खेलाडी विद्यार्थीहरूलाई आवश्यक आर्थिक सहयोगका साथै सबैखाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्

हिजाेबाट सुरू भएको प्रतियोगिता तीन दिन सम्म संचालन हुने पालिकाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !