२२ आश्विन २०८१, मंगलबार

लुम्बिनी र सुदूरपश्चिमसहित पहाडी क्षेत्रमा हल्का वर्षा हुने

प्रकाशित मिति :  4 December, 2023 6:23 am


काठमाडौँ । आगामी २४ घण्टामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकोछ।

विभागले साेमवार प्रकाशन गरेको बुलेटिन अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। 

वर्षा, हिमपातसँगै देशभरिको तापक्रम घटेर हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !