२२ आश्विन २०८१, मंगलबार

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

प्रकाशित मिति :  4 December, 2023 9:48 am


काठमाडौँ । आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो ।

पार्टीको महाधिवेशनको नयाँ मिति तय गर्नका लागि बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको थियो ।

माघमा राष्ट्रियसभाको निर्वाचन हुने भएकोले महाधिवेशन सार्नेबारे निर्णय गर्ने तयारी रहेको खतिवडाले बताए । उनका अनुसार बैठकमा अन्तर्राष्ट्रिय परिस्थितिबारे छलफल र पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे रणनीति तय गरिनेछ ।



प्रतिक्रिया दिनुहोस !