२२ आश्विन २०८१, मंगलबार

दैलेखमा एमाले अध्यक्ष ओलीले गरे पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन

प्रकाशित मिति :  4 December, 2023 11:17 am


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिका-१ स्थित पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका छन् ।

‘झुलाघाट-चिवाभञ्ज्याङ’ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आइतबार दैलेखको दुल्लु पुगेका ओलीले सोमबार बिहान पेट्रोलियम पदार्थ उत्खनन क्षेत्रको अवलोकन गरेका हुन् ।

पेट्रोलियम पदार्थ उत्खननका बारेमा स्थानीयसँग जानकारी लिदैँ उनले दैलेखको प्रसिद्ध धार्मिक स्थल श्रीस्थान मन्दिरको दर्शन समेत गरेको छन् ।

झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तरगत एमालेले आज सुर्खेतमा जनसभा गर्दैछ ।



प्रतिक्रिया दिनुहोस !