२२ आश्विन २०८१, मंगलबार

स्याङ्जाको पुतलीबजारबाट अवैध उत्खनन् गर्ने ट्याक्टर र जेसिवी नियन्त्रणमा

प्रकाशित मिति :  4 December, 2023 11:45 am


काठमाडौँ । स्याङ्जाको पुतलीबजार नगरपालिकाबाट प्रहरीले अवैध रूपमा गिट्टी वालुवा उत्खनन तथा ओसारपसार गर्ने ट्याक्टर र जेसिबि नियन्त्रणमा लिएको छ ।

पुतलीबजार नगरपालिका वडा नम्बर २ दबिस्थान अरौदीखोलामा अवैध रूपमा नदीजन्य पदार्थ ओसार पसारमा संलग्न ग १ क. ६१८७ नम्बरको जेसिबि र लु.४ त.१४२२ नम्बरकाे ट्याक्टरलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

स्थानीयको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले ट्याक्टर र जेसिबी नियन्त्रणमा लिएको हो ।

नियन्त्रमा लिएका ट्याक्टरलाई थप कारवाहीको लागि पुतलीबजार नगरपालिकाको कार्यालय स्याङ्जामा पठाईएको खनालले बताए ।



प्रतिक्रिया दिनुहोस !