२२ आश्विन २०८१, मंगलबार

एक तोला सुनको मूल्य : एक लाख २१ हजार ६००

प्रकाशित मिति :  4 December, 2023 12:09 pm


काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाएसँगै नेपालमा पनि सुनको मुल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रतितोला ८०० रुपैयाँ बढेर तोलाको एक लाख २१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलाको एक लाख २१ हजार कामय रहेको छ ।

आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार तोलाको ५ रुपैयाँले बढेको तोलाको १५४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज स्थिर रही सोही मूल्यमानै कारोबार हुने महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज छापावाला सुनको मूल्य प्रतिऔंस २०८६ अमेरिकी डलर कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस !