२२ आश्विन २०८१, मंगलबार

विषेश अदालतका अध्यक्ष र सदसस्यहरुले लिए सपथ

प्रकाशित मिति :  4 December, 2023 2:55 pm


काठमाडौं । विषेश अदालतका नवनियुक्त अध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका छन् ।

सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

मंसिर ५ गते न्यायपरिषद बैठकले विशेष अदालतको अध्यक्षमा टेकनारायण कुँवर तथा सदस्यहरूमा तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापालाई तोक्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।

विशेष अदालतमा उच्च अदालतका न्यायाधीशहरूबाट अध्यक्ष तथा सदस्य तोक्ने चलन छ।



प्रतिक्रिया दिनुहोस !