२२ आश्विन २०८१, मंगलबार

नेपाली कांग्रेस लुम्बिनीको प्रस्ताव : ‘ड्रिम प्रोजेक्ट’का आधारमा मन्त्रीको चयन

प्रकाशित मिति :  5 December, 2023 11:11 am


रुपन्देही । नेपाली कांग्रेस लुम्बिनी प्रदेशले संघीय सरकार र प्रदेश सरकारमा जाने व्यक्तिको चयन ड्रिम प्रोजेक्टका आधारमा हुनुपर्ने प्रस्ताव गरेको छ ।

मङ्सिर १६ र १७ गते सञ्चालन भएको प्रथम प्रदेश सम्मेलनले नेपाली कांग्रेसको आसन्न महासचिव बैठकका लागि भन्दै मन्त्री मण्डल सानो, मितव्ययी र प्रभावकारी बनाउने तथा सरकारमा सहभागि हुने व्यक्तिको चयन ‘ड्रिम प्रोजेक्ट’का आधारमा तय गनुपर्ने प्रस्ताव गरेको हो ।

सम्मेलनले पार्टीको तहगत आधारमा तहगत सरकारी निकायको निर्धारण, निर्देशन, नियन्त्रण, समन्वय तथा मुल्याङ्न सम्बन्धित तहले गर्न पाउने व्यवस्था हुनुपर्ने समेत प्रस्ताव गरिएको प्रदेश सभापति अमरसिंह पुनले जानकारी दिए ।

सम्मेलनले समानुपातिक र लाभको पदलाई सो व्यक्तिको जीवनकालका लागि एक पटक मात्र हुने व्यवस्था गर्ने तर समावेशिताको आधारभूत सिद्धान्तबमोजिम हुने गरी मात्र अवसर दिनुपर्ने र आरक्षित सिटका लागि पनि यसै अनुसार परिमार्जन गर्नुपर्ने प्रस्तावमा उल्लेख छ ।

कांग्रेस लुम्बिनी प्रदेशले निर्वाचनपूर्व गठबन्धन समेत गर्न नहुने प्रस्ताव राखेको छ ।



प्रतिक्रिया दिनुहोस !