२२ आश्विन २०८१, मंगलबार

तोलामै २ हजार ४०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  5 December, 2023 11:48 am


काठमाडौँ । लगातार उकालो लागेको सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज मंगलबार छापावाला सुनको मूल्य तोलामा २४०० रुपैयाँ घटेर तोलाको एक लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख १८ हजार ६५० रुपैयाँ कारोबार मूल्य ताकिएको छ ।

आज चाँदीको मूल्यमा पनि भारी गिरावट आएको छ । सोमबार तोलाको १५४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार तोलामा ४५ रुपैयाँ घटेर तोलाको १५०० रुपैयाँ तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !