२२ आश्विन २०८१, मंगलबार

भेरी बबई डाइभर्सनको अवलोकनपछि केपी ओलीले भने: गुणस्तरमा कुनै सम्झौता गर्न हुन्न

प्रकाशित मिति :  5 December, 2023 12:59 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका छन् ।

महाकाली–मेची अभियानका क्रममा मंगलबार बिहान उनले भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अनुगमन एवं अवलोकन गरेका हुन् । अवलोकनपछि अध्यक्ष ओलीले आयोजनाको गुणस्तरमा सम्झौता गर्न नहुने बताए । उनले काममा केही ढिलाइ भएको बताउँदै काम ढिलोचाँडो सम्पन्न हुने बताए ।

उनले प्रकृति, खोला, जमिनसँगको कारोबार भएकाले काममा कुनै पनि सम्झौता नगरी यथाशीघ्र सम्पन्न गर्नतर्फ ध्यानाकर्षण गराए । अध्यक्ष ओलीले गुणस्तरमा गरिने सम्झौताले ठूलो दुर्घटना निम्त्याउने भएकाले कुनै सम्झौता नगर्न आग्रह गरे ।

‘गुणस्तरमा कम्परमाइज गर्नु हुँदैन, यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा गुणस्तरमा कम्परमाइज गर्न मिल्दैन, त्यसले ठूलो दुर्घटना निम्त्याउँछ । यथाशीघ्र सम्पन्न गर्न सबैको ध्यान जाओस्,’ उनले भने । भेरी बबई डाइभर्सनको हालसम्म ३५ प्रतिशत काम सम्पन्न भएको छ ।



प्रतिक्रिया दिनुहोस !