२२ आश्विन २०८१, मंगलबार

लिबियाले १४७ गैर कानुनी आप्रवासीलाई नाइजेरिया फिर्ता पठायो

प्रकाशित मिति :  5 December, 2023 1:04 pm


काठमाडौँ । लिबियाको अवैध आप्रवासन नियन्त्रण विभागले १४७ गैर कानुनी आप्रवासीहरूलाई नाइजेरिया फिर्ता पठाएको घोषणा गरेको छ ।

२०११ मा दिवङ्गत नेता मुअम्मर गद्दाफीको शासनको पतनपछि देशमा अस्थिरता र अराजकताको कारण धेरै आप्रवासीहरू प्रायः अफ्रिकीहरूले लिबियाबाट भूमध्य सागर पार गरेर युरोपेली किनारहरूमा जाने छनौट गरेका थिए ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार यो वर्ष अहिलेसम्म कुल १५ हजार ५७ अवैध आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ ।



प्रतिक्रिया दिनुहोस !