२२ आश्विन २०८१, मंगलबार

घोषणापत्रको आधारमा दलहरुको कामको मूल्यांकन हुनुपर्छ : तिमिल्सिना

प्रकाशित मिति :  5 December, 2023 3:08 pm


काठमाडौैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलहरुको कामको मूल्यांकन गर्न नसकेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले दलहरुको कामको मूल्यांकन गरेर सही वा गलत भन्न सक्नुपर्ने बताएका छन् ।

तिमिल्सिनाले निर्वाचनमा समयमा दलहरुले सार्वजनिक गरेको घोषणापत्रका आधारमा काम गरे नगरेको मूल्याङ्कन गर्दै सही वा गलत भन्न सक्नुपर्ने बताएका हुन् ।

उनले भने दलहरुले गरेको प्रतिवद्धताको कार्यान्वयनका आधारमा आम निर्वाचनमा दलहरुलाई मत दिन सक्नुपर्छ,, युवाहरु देशको मियो भएकाले मुलुकलाई ठिक ढंगले लानका लागि आवश्यक भूमिका निर्वाचन गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !