२२ आश्विन २०८१, मंगलबार

एकीकृत समाजवादीको महाधिवेशन जेठ ३ देखि ७ सम्म

प्रकाशित मिति :  5 December, 2023 3:23 pm


काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय महाधिवेशनको नयाँ मिति तोकेको छ ।

मंगलबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी २०८१ साल जेठ ३ देखि ७ गतेसम्म राष्ट्रिय महाधिवेशन गर्ने गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि सो पार्टीले माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेकोमा उक्त मिति परिवर्तन गरेर जेठमा पुर्‍याएको हो ।

बैठकले माघमा १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने भएको छ । महाधिवेशनका लागि दस्तावेज तयार गर्न अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा २७ सदस्यीय मस्यौदा समिति बनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !