२२ आश्विन २०८१, मंगलबार

उपप्रधानमन्त्री श्रेष्ठ अस्पताल भर्ना

प्रकाशित मिति :  6 December, 2023 7:20 am


काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुको शल्यक्रिया गरिएको छ । छातीमा असहज महसुस भएपछि गएराति उनलाई गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो ।

मन्त्री श्रेष्ठको मुटुको देव्रे नसाको एन्जिओप्लास्टी गरिएको र सघन उपचार कक्षमा उपचार भइरहेको उनको सचिवालयले जनाएको छ ।

गृहमन्त्राले एक विज्ञप्ति जारी गर्दै डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी गरी आईसीयूमा उपचार भइरहेको र श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिअनुसार हाल उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । श्रेष्ठज्यू चीनको भ्रमणमा रहेको बेला गत असोज ३० देखि कार्तिक १ सम्ममा मुटुमा एक्युट मायोकार्डियल इन्फेक्सन भएपछि आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो । उनको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस !