२२ आश्विन २०८१, मंगलबार

गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

प्रकाशित मिति :  6 December, 2023 8:18 am


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र पुगेका छन्।

गएराति छातीमा असहज महसुस भएपछि उनलाई गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै अस्पतालमा पुगेर श्रेष्ठलाई भेटेका हुन्। उनले गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाको विषयमा चिकित्सकसँग जानकारी समेत लिएका छन्।

डा. अरुण मास्केसहितको चिकित्सक टोलीले मन्त्री श्रेष्ठको एन्जियोप्लास्टी सर्जरी पछि मन्त्री श्रेष्ठकाे आईसीयूमा उपचार भइरहेको छ । श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पताल स्रोतले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !