२२ आश्विन २०८१, मंगलबार

औषधि पसलमा काठमाडौं महानगरको निगरानी, मंसिर २९ सम्म कानुनी दागरामा नआए बन्द गरिने

प्रकाशित मिति :  6 December, 2023 8:51 am


काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगर भित्र अवैधरूपमा संचालन भइरहेको औषधि पसललाई सचेत गराएको छ ।

काठमाठौ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिका भित्र सञ्चालनमा रहेका औषधी पसलहरूमा अनधिकृत व्यक्तिहरूबाट औषधी बिक्री वितरण भइरहेको, औषधी व्यवस्था विभागमा दर्ता नभएका औषधी समेत बिक्री वितरण भइरहेको, चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री वितरण भइरहेको महानगरमा गुनासो आइरहेको भन्दै अवैधरूपमा चलिरहेका औषधि पसललाई सचेत गराएको जानकारी दिएका छन् ।

मंसिर २९ भित्र आवश्यक कानुन बमोजिम प्रक्रिया पूरा नगर्ने औषधि पसल बन्द गराउने मेयर बालेन शाहले जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !