२२ आश्विन २०८१, मंगलबार

वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने

प्रकाशित मिति :  6 December, 2023 10:41 am


काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्न लागेको पालिकाले जनाएको छ ।

राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवारले महिनाकाे १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने पालिकाकी उपप्रमुख कविता तिवारी गैह्रेले बताइन् । यसबाट पालिका भित्रका एक हजार पाँच सय घरधुरी लाभान्वित हुने भन्दै उपप्रमुख तिवारीले पुरानो सिपको प्रयोगले आर्थिक उन्नति सहज हुने बताएकी छन् ।

स्थानीय स्तरमा उपलब्ध कोदोको साथै आँप, लिची, चिउरी, बेलौती,भूई स्याउ लगायतका फलफूलहरूको उपयोग गरी मदिरा उत्पादन हुँदै आएको पालिकाको भनाइ छ ।

हिजाे (मंगलबार) बसेकाे जनप्रतिनिधि , कर्मचारीहरू र विज्ञबिच भएको छलफलले दीर्घकालीन योजना बनाएर यसलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ ।



प्रतिक्रिया दिनुहोस !