२२ आश्विन २०८१, मंगलबार

नेपाली युवालाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

प्रकाशित मिति :  6 December, 2023 10:57 am


काठमाडौँ । प्रहरीले नेपाली युवकलाई रुसी सेनामा पठाउने गिरोहलाई पक्राउ गरेको छ ।

प्रहरीले काठमाडौँका विभिन्न स्थानमा केही दिनदेखि चलाएको अप्रेसनका क्रममा १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगी छन् । उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

युक्रेनसँग जारी युद्ध लड्न रसियन सेनामा भर्ती भएका ६ जना नेपालीले ज्यान गुमाइसकेका छन् भने एक नेपाली बन्धक रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

रुस-युक्रेन युद्धपछि रुसले विदेशी नागरिकलाई रुसी सेनामा भर्ती खुलाएको थियो । भर्तीका लागि नेपालीबाट पनि अवैध बाटो हुँदै नेपालीहरु धमाधम रुस पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !