२२ आश्विन २०८१, मंगलबार

इण्डोनेसियाको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको सङ्ख्या २३ पुग्यो

प्रकाशित मिति :  6 December, 2023 12:08 pm


काठमाडौँ । इण्डोनेसियाको सुमात्रामा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

इण्डोनेसियाको सुमात्रा टापुमा रहेको मारापी ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने आरोहीहरूको सङ्ख्या २३ पुगेको पश्चिम सुमात्रा प्राकृतिक स्रोत संरक्षण एजेन्सीले जनाएको हो ।

२० जनाको शव अस्पताल लगिएको छ । अन्य तीन जनालाई बाहिर निकाल्ने प्रक्रिया थालिएको बताइएको छ । कुल ७५ आरोहीमध्ये ५२ जना बाँच्न सफल भएका छन् ।

कतिपय घर फर्किसकेका छन् भने गम्भीर घाइते १२ जनासहित अन्यको अस्पतालमा उपचार भइरहेको छ । दुई हजार ८९१ मिटर अग्लो हिमाल वरपरका चार जिल्लामा ज्वालामुखी विस्फोट भएको थियो ।



प्रतिक्रिया दिनुहोस !