२२ आश्विन २०८१, मंगलबार

एनसेलको सेयर खरिद मूल्य शंकास्पद, छानविन हुन्छ ः खनाल

प्रकाशित मिति :  6 December, 2023 1:59 pm


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेलको सेयर खरिद मूल्य शंकास्पद रहेको बताएका छन् । बुधबार अर्थ समितिको बैठकमा बोल्दै अध्यक्ष खनालले एनसेलको खरिद मूल्य शंकास्पद देखिएकोले छानविन हुने बताए ।

सन् २०२९ सम्म नाफा लैजाने गरि सेयर कारोबार देखिएको खनालले बताए । एनसेलको स्वामित्व रहेको रेनाल्ड होल्डिङको शतप्रतिशत सेयर खरिद बिक्रीका लागि आजियटा र यूके स्पेक्ट्रलाइटबीच सहमति भएको जवाफ आफूहरुले पाएको र सो सहमतिको कागजातपत्र अध्ययनका लागि माग गरिएको उनले बताए ।

नियामकका रूपमा कडाइ गर्न दूरसञ्चार विधेयक धेरै समयदेखि संसद्मा अड्किएको छ खनालले भने दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्न सके धेरै नीतिगत छिद्रता हटेर जाने थियो ।

प्राधिकरणको स्वीकृति लिएपछि मूल्य र प्रक्रियागत विषय हेरेर मात्रै स्वीकृत दिइने भनेर आफूहरुले एनसेललाई पत्र पठाइसकेको उनले स्पष्ट पारे ।

प्राधिकरणले पठाएको पत्रको जवाफ एनसेलले मंगलबार नै पठाएको छ खनालले भने जवाफमा एनसेलले नियामका प्रावधान पालना गर्ने र सेयर खरिद बिक्रीको स्वीकृतिका लागि प्राधिकरणलाई निवेदन गरिने भनेर पत्रमार्फत प्रतिवद्धता जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !