२२ आश्विन २०८१, मंगलबार

वीरेन्द्रनगरको एक काठ मिलमा भीषण आगलागी

प्रकाशित मिति :  7 December, 2023 8:46 am


काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–७ ईत्राम खोला स्थित शिव सुन्दर सहमिलमा भीषण आगलागी भएको छ ।

आज बिहान ५ः४५ बजेबाट सल्किएको आगो झण्डै एक घण्टा पछि नियन्त्रणमा आएको हो । वीरेन्द्रनगर नगरपालिको दमकल, नेपाली सेना, प्रहरी, स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको हो ।

आगलागीबाट मिलमा काठका सामाग्रीहरू बनाउने प्रयोग हुने करोडौँका मेसिनहरू ध्वस्त भएको संचालक देवीलाल पौडेल बताए । विद्युत् तारा सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !